१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ बैशाख २५ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:o६:oo

कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलबार पदबाट राजीनामा दिने भएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिने भएका हुन् । 

एमालेको एकल सरकार बनाउन तीन मन्त्रीले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेको आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको सरकारमा सामेल भएका तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

मंगलबार एमाले संसदीय दलको बैठक बस्ने र बैठक बस्नुभन्दा अगाडि सामूहिक राजीनामा दिने सामाजिक विकासमन्त्री रावलले बताए । ‘पत्रकार सम्मेलन नै गरेर राजीनामा दिएर संसदीय दलको बैठकमा उपस्थित हुन्छौँ,’ उनले भने, ‘पार्टीको निर्णयअनुसार नै हामीले राजीनामा दिन लागेका हौँ ।’

कर्णाली प्रदेश सभामा ४० सांसदमध्ये एमालेका २० जना छन् । माओवादी केन्द्रले १३ सांसदमध्ये एमाले प्रवेश गरेको भन्दै धर्मराज रेग्मीलाई सांसद पदबाट मुक्त गरेको छ । हाल कर्णाली प्रदेशमा ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् । पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा एकल सरकार बनाउने तयारी थालेको हो । 

ad
ad