मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार १०:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बालकलाकार आश्रितीको चित्रकला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार १०:१७:००

बालकलाकार आश्रिती श्रेष्ठद्वारा सिर्जित चित्रहरूको शनिबार प्रदर्शनी गरिएको छ । नेपाल कला प्ररिषद्मा आयोजित कार्यक्रमको उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गरेका हुन् ।

प्रदर्शनीमा आश्रितीले दुई वर्षको उमेरदेखि बनाएका चित्र राखिएका थिए । महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत नौ वर्षीया आश्रितीले धार्मिक, सांस्कृतिक, प्राकृतिक विषयमा केन्द्रित रही सिर्जनात्मक ढंगले चित्र तयार पारेकी छन् । 

सोही अवसरमा बाललेखक समीर कोजूको बाल चित्रकथा ‘करण र कार्टुन’ पनि विमोचन भएको छ । कार्यक्रममा जोशीले कला र संस्कृतिको प्रवद्र्धन गरेर मात्रै देश समृद्ध हुने विचार व्यक्त गरेका थिए । उनले कार्यक्रममा सिर्जनशीलता हरेक बालबालिकामा हुने धारणा राखेका थिए । उनले भने, ‘पढाइमा ध्यान नदिने भन्दैमा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउन रोक्नुहुँदैन ।’

शताब्दीपुरुष जोशीले ज्ञान विज्ञान मात्रै होइन, कलाबाट विश्वमा नै नयाँ सन्देश दिन सकिने पनि बताए । बालकलाकार आश्रितीको प्रतिभालाई उजागर गर्ने मौका दिएर राम्रो काम गरेको जनाउँदै उनले बालसुलभ प्रतिभा फुलोस्, फलोस् र देशविदेशमा फैलिन सकोस् भन्ने शुभकामना दिए । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विशेष लागेको बताए । उनले बाललेखक कोजूले समसामयिक, चेतनामूलक विषयलाई लिएर कथा लेखेको र बालकलाकार आश्रितीले निकै राम्रा चित्र बनाएको जनाए ।

कार्यक्रममा कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको बताउँदै आश्रितीका चित्रका बारेमा पनि चर्चा गरे । उनले बालबालिकालाई माहोल दिन सके उनीहरूमा रहेको प्रतिभा प्रस्फूटन हुने विश्वास व्यक्त गरे ।