मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत २१ शनिबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लैङ्गिक अल्पसंख्यकका लागि अग्नि नियन्त्रण तालिम 

Read Time : < 1 मिनेट
२०७७ चैत २१ शनिबार १८:४२:००

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपीको सहरी विपत् पूर्वतयारी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिकामा बसोवास गर्दै आइरहेका लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूका लागि एकदिने अग्नि नियन्त्रण तालिम प्रदान गरिएको छ ।

पारलैङ्गिक दृश्यता दिवसको अवसर पारेर चैत १८ गते सो तालिम आयोजना गरिएको हो । तालिम स्थानीय साझेदार फर्वार्ड नेपालको सहयोगमा युएनडिपी नेपालले आयोजना गरेको थियो ।

भरतपुर महानगरका वारुण यन्त्र इन्चार्ज देवेन्द्रराज रेग्मीले आगलागीको प्रमुख कारणसम्बन्धी र आगलागीलाई सुरुकै अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक सीप सिकाएका थिए । यसका साथै आगलागीबाट घाइते भएकालाई प्राथमिक उपचार विधि प्रदान गरी पहिलो चरणमै आहात दिने पद्धति सिकाइयो । 

अस्पतालसम्म कसरी पुर्‍याउने भन्ने विषयमा पनि रेडक्रसका अधिकारीहरूबाट तालिमप्राप्त गराइएको थियो । यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवश्यकतालाई ध्यानमा राख्दै महामारीका रूपमा रहेका, जस्तै कोभिड–१९ र डेंगुबाट बच्नका लागि अभिमुखीकरण तालिम पनि दिइएको थियो ।