मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोखरी निर्माणमा भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०८:०२:००

मोरङस्थित पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमलासहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लीलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरी निर्माण सम्पन्न नभई रकम  भुक्तानी भएको अनुसन्धानबाट खुलेपछि कारबाही अगाडि बढाएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

धमला, कोइराला र भट्टराईले पोखरी निर्माण भइसकेको भनेर गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा गलत प्रतिवेदन पेस तथा जाँचपास गरेको, झुटा बिल बनाई स्वीकृत गरेको आरोप छ ।

यसैगरी, समितिका तीन पदाधिकारीले निर्माण सम्पन्न भएको झुटो विवरण पेस गरी भुक्तानी लिने काममा सहयोग गरेर लाभ लिएको दाबी छ ।