मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत १६ सोमबार
  • Tuesday, 15 July, 2025
२o७७ चैत १६ सोमबार o८:२३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत १६ सोमबार o८:२३:oo

स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अत्यन्त सरल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आदर्श उही थियो, उनमा कुनै परिवर्तन आएको देखिन्नथ्यो । साधारण वर्गबाट राजनीतिमा प्रवेश गरी उच्च सफलता पाएर उच्चतम पदमा पुग्न सफल भएका शास्त्रीको जीवन हेर्दा सामान्य मानिसको जस्तै सरल थियो । स्वतन्त्रता संग्रामको समयमा लाला लाजपत रायले ‘सर्भेन्टस् अफ इन्डिया सोसाइटी’ स्थापना गरेका थिए । 

यस संस्थाको उद्देश्य गरिब पृष्ठभूमिबाट आएका स्वतन्त्रता सेनानीहरूलाई आर्थिक सहायता प्रदान गर्नु थियो । सो संस्थाबाट सहयोग प्राप्त गर्ने स्वतन्त्रता सेनानीमध्ये शास्त्री पनि एक थिए । सोसाइटीले शास्त्रीको घरखर्च चलाउन सघाउने उद्देश्यले प्रतिमहिना ५० रुपैयाँ सहयोग गर्दै आएको थियो । त्यतिखेर शास्त्री जेलमा थिए । उनले जेलबाटै पत्नी ललितालाई पत्र लेखेर सोसाइटीबाट प्रत्येक महिना प्राप्त हुने ५० रुपैयाँले खर्च चल्छ कि चल्दैन भनेर सोधे ।उनकी पत्नी ललिताले पनि पत्रबाटै उनको प्रश्नको जवाफ दिइन् । उनले सो रकम आफ्नो परिवार चलाउन पर्याप्त भएको बताइन् । उनले आफूले प्रतिमहिना ४० रुपैयाँ मात्र खर्च गरेर १० रुपैयाँ बचाइरहेकोसमेत बताइन् । 

पत्नीको पत्र पाउनासाथ शास्त्रीले तुरुन्तै सर्भेन्टस् अफ इन्डिया सोसाइटी’लाई एउटा पत्र लेखेर उनको परिवारको गुजारा प्रतिमहिना ४० रुपैयाँमा चलिरहेको हुनाले ५० रुपैयाँबाट १० रुपैयाँ कटाएर आगामी महिनादेखि आफ्नो परिवारलाई ४० रुपैयाँ मात्र पठाइदिन अनुरोध गरे । साथै बाँकी १० रुपैयाँचाहिँ अर्को कुनै अभावमा परेका परिवारलाई दिनसमेत उनले पत्रमार्फत नै अनुरोध गरे । यसरी आफूलाई आइरहेको रकमसमेत कटौती गराएर शास्त्रीले दुनियाँलाई अचम्ममा पारे र संसारलाई इमानदार हुन प्रेरणा पनि दिएर गए ।