१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकको विदेशमा भुक्तानी गर्न मिल्ने इकम कार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२२:oo

सिद्धार्थ बैंक लिमिटेडले विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकले नेपाली रुपैयाँलाई ५ सय अमेरिकी डलर वा त्यतिबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न मिल्ने सेवा ल्याएको हो । 

विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने जनाइएको छ । प्रयोगकर्ताले एकैपटक वा पटक–पटक गरी एक वर्षमा बढीमा ५ सय अमेरिकी डलर वा सोबराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने जनाइएको छ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढी सुविधाजनक बनाउने र बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउने जनाइएको छ ।

ad
ad