१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २५ मंगलबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रको रक्षाका लागि कांग्रेस तटस्थ बस्दैन : नेता पौडेल 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:४३:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी उदासीन बनेर तटस्थ बस्न नसक्ने बताएका छन् । स्वर्गीय नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन शुक्रबार  विराटनगर आएका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै विकल्प फेला परे कांग्रेस सरकारमा जान सक्ने बताउँदै लोकतन्त्र रक्षाका लागि उदासीन बनेर तटस्थ बस्न नसक्ने बताएका हुन् । 

नेता पौडेलले प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीको विकल्प तयार भइनसकेकाले नयाँ सरकार बन्न ढिलाइ भएको प्रस्ट पारे । कांग्रेसलाई सत्ताभन्दा पनि केपी ओलीको विकल्प चाहिएको छ भन्दै नेता पौडेलले भने, ‘कांग्रेस नेमकिपाजस्तो सत्ता छुनै हुँदैन भन्ने पार्टी हाेइन, छलफल चलिरहेको छ विकल्प भेटिनासाथ सरकारमा जान्छ ।’

प्रधानमन्त्री केपी ओलीको कारण देशको संविधान मात्र नभएर सिंगो लोकतान्त्रिक व्यवस्थामा खतरा पैदा भएको उनले बताए । उनले अदालतले सही फैसला गरेर देश जोगाएको दाबी गरे । भने, ‘अदालतले सही फैसला नगरेको भए लोकतान्त्रिक व्यवस्था नै छिन्नभिन्न हुने थियो ।’ 

नेपाली कांग्रेसको धर्म सत्ताको विपक्षमा विकल्प दिनु र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु रहेकोले कांग्रेस त्यसमा प्रतिबद्ध भएर लागिपर्ने वरिष्ठ नेता पौडेलले बताए । 
 

ad
ad