१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले लकडाउन र सीमानाका बन्द गर्ने सोचेको छैन : अर्थमन्त्री पौडेल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४७:oo

अर्थमन्त्री विष्णु पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड– १९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने, तर लकडाउन र सीमानाका बन्द नगरिने बताए । 

बिहीबार पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् । उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनुपर्नेछ । अर्कोतर्फ आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित र सुचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उनले बताए । कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि उनले बताए । 

उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौँ । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौँ । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौँला । मुख्यगरी, हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनाजस्ता विषयहरूमा बढ्ता केन्द्रित हुन्छौँ । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउन गर्नुपर्ने निर्णयहरू लिने गरी बजेट लिएर आउँछौँ ।’

राष्ट्रिय प्राथमिकताका विषयहरूलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने उनले बताए । कोभिड– १९ भ्याक्सिन खरिदका लागि बजेट अभाव हुन नदिने पनि उनले बताए ।

ad
ad