Skip This
संविधान र गणतन्त्र सिध्याउन देशी–विदेशीले केपी ओलीलाई प्रयोग गरे : प्रचण्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ८ आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ८ आइतबार १६:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान र गणतन्त्र सिध्याउन देशी–विदेशीले केपी ओलीलाई प्रयोग गरे : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ८ आइतबार १६:११:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्वारा आइतबार आयोजित ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् । 

दलित र महिलालाई विशेषाधिकार दिन आफूले पहल गरेको उनको भनाइ छ । विशेषाधिकारविना महिला र दलितले वास्तविक अर्थमा अधिकारसम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । उनले भने, ‘तपाईंहरूलाई लाग्दो हो प्रचण्डले छोडेको हो कि हाम्रो मुद्दालाई भन्ने, त्यो साँचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्नेजति अधिकार लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो । अरू केही पनि होइन । न मैले विशेषाधिकार छोडेको छु न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरूले पाउनुपर्ने पहिचान र अधिकारको मुद्दा छोडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति लिइहालौँ । त्यसभन्दा अगाडि फेरि आन्दोलन अगाडि बढाइराख्नुपर्ने हुन्छ । र, हामीले संविधानलाई पनि एउटा गतिशील र परिवर्तनशील दस्ताबेजको रूपमा संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरूको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाईंहरूले गहिरो गरी विचार गर्नुभयो भने यो कुरा बेठीक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी–विदेशीहरूले प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको उनले आरोप छ । उनले भने, ‘हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालहरू देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू पनि जसले यो संविधानलाई स्वीकार गर्न सकेका छैनन् । विचार गर्नुहोला, ती सबै मिलेर एउटा धार बनेको छ । र, ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरूले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई उनीहरूको हकअधिकारलाई सिध्याउन सक्ने पहाडीया उच्च जातीय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडि राम्रै लम्पसार पर्न पनि सक्ने सजिलै । बीसौँ–पच्चीसौँ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालितपोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र, अहिले केपी ओलीलाई प्रतिनिधिको रूपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिकविरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् उनीहरूले । कति दिन लिन्छन् मलाई थाहा छैन । अहिलेचाहिँ लिएकै छन् ।’

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाइ छ ।