१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ८ आइतबार
  • Thursday, 03 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७७ चैत ८ आइतबार १o:५२:oo
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश २ मा अवैध हतियार खरिदबिक्रीको बिगबिगी

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ चैत ८ आइतबार १o:५२:oo

घटना १ : बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ७ शान्तिटोलस्थित एक सैलुनबाट प्रहरीले शनिबार महोत्तरीको महोत्तरी गाउँपालिका– २ बस्ने ४० वर्षीय प्रमोदकुमार चौधरी भूमिहारलाई भारतमा बनेको कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोलीसहित पक्राउ गरेको छ । हतियार बिक्री गर्ने उद्देश्यसहित चौधरी महोत्तरीबाट जितपुर–सिमरा पुगेको प्रहरीको अनुमान छ । चौधरीको साथबाट हतियारसहित दुई थान मोबाइल पनि बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

घटना २ : २२ फागुनमा सप्तरी प्रहरीले एकवटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थान गोलीसहित दुईजनालाई पक्राउ गरेको थियो । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएका ती पेस्तोल ग्राहकलाई पुर्‍याउन आएका वेला राजविराज नगरपालिका– २ बाट १८ वर्षीय महेश शर्मा र सोही उमेरका प्रमोद साहलाई सप्तरी प्रहरीले पक्राउ परेको थियो । पक्राउ परेका शर्मा पहिला गोइत समूहको जनतान्त्रिकमा आबद्ध भए पनि पछिल्लो समय उनी हतियार खरिद–बिक्रीमा संलग्न रहेको पाइएको छ । सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमालाका अनुसार अभियुक्त शर्माले भारतबाट हतियार खरिद गर्ने र नेपालमा बेच्ने गर्दै आएका थिए । हाल दुवैजना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । 

घटना ३ : ६ माघमा धनुषा प्रहरीले स्थानीय रंगभूमि मैदान बाह्रबिघाबाट दुई थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको थियो । बाह्रबिघामा एक युवाले हतियार बिक्री गरिरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी ग्राहक बनेर सो स्थानमा पुगेको थियो । उनीहरूले भारतबाट कटुवा पेस्तोल दुई हजार र अर्को पाँच हजारमा किनेर ल्याएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले ती हतियार ५० हजारमा बेच्न लागेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी टोलीले अभियुक्त धनुषाका लक्ष्मीनिया गाउँपालिकाका १८ वर्षीय विवेक यादवलाई पेस्तोलसहित पक्रेको थियो । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले दुवै हतियार बिक्री गर्न जनकपुर ल्याएको खबर पाएपछि यादवलाई पक्राउ गरेको बताए । 

.....                        .......

माथि यी घटनाले के देखाउँछ भने प्रदेश २ मा कटुवा, भरुवा बन्दुकको बिक्रीवितरणको बिगबिगी छ । प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा अहिलेसम्म हातहतियार बिक्रीवितरण तथा ओसारपसारमा २९ जना पक्राउ परेका छन् भने साना हतियार १३ र लामा हतियार १६ गरी २९ वटा हतियार बरामद भएका छन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार सिराहा, धनुषा र पर्सामा हातहतियार खरिदबिक्री र ओसारपसारमा क्रमशः ६–६ जना पक्राउ परेका छन् । सप्तरीमा चार, महोत्तरीमा तीन र बारामा चारजना पक्राउ परेका छन् । यसैगरी सिराहा र धनुषाबाट ६–६ थान, पर्साबाट चार थान, बाराबाट ६ थान र महोत्तरीबाट दुई थान हतियार बरामद भएको छ । रौतहटबाट पनि दुई थान बेवारिसे हतियार बरामद भएको छ । 

खुला सिमाना प्रहरीलाई चुनौती 
अवैध हतियारको बिगबिगीका कारण प्रदेश २ मा हत्या–हिंसाका घटना पनि बढिरहेको प्रहरीको भनाइ छ । सामान्य विवाद, लेनदेन, जग्गा–जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र ज्यानै लिनेसम्मका घटना हुने गरेका छज् । प्रदेश २ का आठवटै जिल्ला भारतसँग खुला सीमा जोडिएकाले यी क्षेत्रमा अवैध हातहतियार सहजै ओसारपसार हुने गरेका छन् । जुन विषय प्रहरीका लागि चुनौती बनिरहेको छ । 

भारतमा सहज रूपमा र कम रकममा यस्ता हतियार पाउने भएकाले आपराधिक गतिविधिमा संलग्नहरू स्वयं वा दलालमार्फत अवैध हातहतियार मगाउने गरेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । मान्छे मार्नभन्दा पनि अरूलाई तर्साउन, हतियार देखाएर लुटपाट गर्न त्यस्ता हतियार प्रयोग हुने गरेको उनको भनाइ छ । डिआइजी सिंहले भने, ‘यस्ता कार्यमा दुव्र्यसनी, बेरोजगार प्रयोग भइरहेका छन् ।’ 

अवैध हातहतियारको बिक्रीवितरण, ओसारपसार तथा त्यसलाई नियन्त्रण गर्न प्रहरी सक्रियतापूर्वक लागेको डिआइजी सिंहले बताए । आपराधिक गतिविधिमा लागेकाहरू धमाधम पक्राउ परिरहेको उनले बताए । ‘नेपाल–भारतबीचको खुला सिमानाका कारण त्यस्ता गतिविधि नियन्त्रण त गर्न सकिँदैनन्,’ उनले भने, ‘खुला सिमानाको कारण सबै ठाउँमा एकनासले निगरानी गर्न सक्ने अवस्था छैन, तैपनि पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाक तथा ड्रेसमै पनि उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ ।’