१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Wednesday, 26 June, 2024
२o७७ फाल्गुण २६ बुधबार ११:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई करोडको लगानीमा व्यावसायिक बाख्रापालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार ११:५९:oo

दोलखाको भीमेश्वर नगरपालिका– ७ स्थित उखुबारीका दुई युवाले दुई करोडको लगानीमा आफ्नै गाउँमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । रोजगारीको सिलसिलामा कोरिया बस्नेदेखि राजधानी काठमाडौंमा बसेर राम्रो व्यवसाय सञ्चालन गर्दै आएका युवाहरूले गाउँ फर्किएर करोडौँको लगानीमा कृषि फार्म चलाउन सुरु गरेका हुन् । आफ्नै जन्मभूमिमा कृषि र पशुपालनको प्रवर्द्धन गरी रोजगार सिर्जना गर्ने उद्देश्यले उनीहरू गाउँ फर्किएर व्यावसायिक कृषि र पशुपालनको काममा सक्रिय भएर लागेका छन् । 

भीमेश्वर– ७ का शैलेश केसी र अर्का युवा सुजन कार्कीले कोरोना भाइरसका कारण लामो समयको बन्दाबन्दीले बाह्य क्षेत्रका पेसा–व्यवसाय दीर्घकालीन नहुने निष्कर्ष निकाल्दै गाउँमै नयाँ कामको सुरुवात गरेको बताए । उनीहरूले गत वर्षको फागुन महिनाबाट आफ्नै गाउँमा बाँझो रहेको जमिनको सदुपयोग गर्दै आधुनिक प्रविधिको बाख्रा फार्म सुरु गरिसकेका छन् । बन्दाबन्दीकै समयमा उनीहरूले झन्डै तीन सय ५० बाख्रा अट्ने खोर बनाएर गत मंसिरबाट बाख्रापालन सुरु गरेका छन् ।

चितवनस्थित बगैँचा फार्मबाट २८ वटा उन्नत बोयर जातको बाख्रा ल्याएर सुरु गरेको फार्ममा अहिले ४० भन्दा धेरै बाख्रा छन् । शैलेशका अनुसार बोयर र खरी जातका बाख्रा क्रस गराएर अर्को वर्ष थप खरिदसहित दुई सयको संख्यामा बाख्रापालन गरिने तयारी छ । बाख्रापालनबाट आम्दानी सुरु भएपछि राजधानी काठमाडौंसहित आसपासका ठूला सहरहरूमा निर्यात गरिने सञ्चालक केसीले बताए । 

उनीहरूले अहिले ६ जनालाई रोजगारी दिएका छन् । उखुबारी क्षेत्रमा बाँझो रहेको झन्डै ५० रोपनी क्षेत्रफलको जग्गामा खोरको संरचनासहित अन्य पूर्वाधारहरू निर्माण गरिएको र थप संरचनाहरू निर्माणको काम भइरहेको केसीले बताए । बाख्रालाई नियमित घाँसका लागि झन्डै एक सय ५० रोपनी जग्गामा भटाँसे, सुपर नेपिए लगायत डालेघाँस लगाइएको छ ।  

उक्त क्षेत्रमा लोकल कुखुरा, एग्रोफार्मसहितको कृषि उत्पादन केन्द्र बनाउने तयारी गरेका छन् । समाजमा लोप हुन लागेका अन्नबालीहरू कोदो, फापर, जाैलगायत अन्य थुप्रै अन्नबाली उत्पादन गरी बजार निर्यात गर्ने र अधिकांश कृषकलाई व्यावसायिक कृषितर्फ आकर्षणका लागि आफूहरूले उक्त काम सुरु गरेको उनीहरूले बताए । 
 

ad
ad
ad
ad