१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ        

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२१:oo

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौँ भनी रकम ठगी गर्ने गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ बस्ने ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३९ वर्षीय कमन भन्ने कमानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हालले जानकारी दिए ।

१ करोड रकम माग

पक्राउ परेका उनीहरुले जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै एक करोड माग गरेको हमालले जानकारी दिए । प्रहरी, वकिल र अदालतसँग आफूहरूको सेटिङ रहेकाले एक करोड रकम दिए केस मिलाइदिन्छौँ नत्र १५ वर्ष जेल जान्छाै भनी रकम माग गरेको हमालको भनाइ छ । 

१३ लाखको चेक र एक लाख १० हजार नगदसहित पक्राउ    

पक्राउ परेका दुईजनाले ती प्रतिवादीलाई झुटो आश्वासन दिलाई १२ लाखको चेक र एक लाख १० हजार नगद लिई ठगी गरेको हमालले जानकारी दिए । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पोखरा १७ राष्ट्र बैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरेको थियो ।

त्यसैगरी विभिन्न बैंकको चेक तथा भौचर र विभिन्न कम्पनीका चार थान मोबाइलसमेत उनीहरूबाट बरामद भएको प्रहरीको भनाइ छ । उनीहरूलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको हमालले जानकारी दिए ।
 

ad
ad