मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १९ बुधबार
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
२o७७ फाल्गुण १९ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १९ बुधबार १४:o९:oo

कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन । 

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने उनले बताइन् । सरकारले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत ११ फागुनमा पुनस्र्थापनाको फैसला सुनाएको थियो । 

सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक २३ फागुनको अपराह्न ४ बजे आह्वान गरेकी छिन् ।