१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मित्रसेनको अभियान जोगाउन पाँच करोडको अक्षय कोष घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४५:oo

ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा पाँच करोडको अक्षय कोष घोषणा भएको छ । सामाजिक अभियानमा सक्रिय रहँदारहँदै हृदयाघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२औँ पुन्यतिथिमा अक्षय कोष घोषणा गरिएको हो । दाहालको गत ७ फागुनमा ५८ वर्षको उमेरमा निधन भएको थियो । 

अक्षय कोष सञ्चालक समितिले कोषको नाम ‘मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ नामांकन गरेको छ । कोषमा प्राथमिक चरणमा परिवारका सदस्यहरूसहित शुभचिन्तकहरूले स्थापनाकै दिन करिब सवा ५५ लाखको योगदान दिएका छन् ।

भाइ तथा जेपी प्रतिष्ठानका सञ्चालक हरि दाहालबाट ११ लाख ११ हजार एक सय ११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तला दाहालबाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ योगदान गरेका छन् भने अन्य सहयोगीको योगदानबाट मंगलबार नै कोषमा ५५ लाख २१ हजार आठ सय २१ रुपैयाँ जम्मा भएको छ । 

ad
ad