मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १७:५५:००

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । 

गत ९ फागुनमा नयाँदिल्ली गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन् । 

भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । ट्युमरलाई भने दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाब चिकित्सकको छ । भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो ।  उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।