मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ५ आइतबार
  • Sunday, 18 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाले बोलायो पृतनापति सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १७:४४:००

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले बुधबारदेखि  तीनदिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ गर्ने भएको छ । सेनाले हरेक महाशिवरात्रिपूर्व पृतनापति सम्मेलन आयोजना गर्दै आएको छ ।
 
जंगी अड्डाका अनुसार पृतनापतिहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन पेस गर्नेछन् ।

जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरूबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए–गरेका कार्यहरूबारे प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको जंगी अड्डाले मंगलबार विज्ञप्तिमा जनाएको छ ।