मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ह्विप नमान्ने सांसदलाई ओलीले हटाउन सक्दैनन् : भीम रावल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १७:२१:००

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई ओलीले हटाउन नसक्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तत्र्रिmया कार्यक्रममा रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुट र भ्रमपूर्ण रहेको बताए । 

संसदीय दलको नेताको हैसियतमा ओलीले लगाएको ह्विप मान्न नपर्ने रावलले बताए । सांसदलाई निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उनको तर्क छ । 

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए । उनले भन,े ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्नुभएको छ । हामी उहाँलाई हटाउँछौँ अब । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौँ । कुनै सदस्यलाई निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाइ सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म, ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि रावलले गरे । 
निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले बताए । नेकपाको विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने रावलको भनाइ छ ।