१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:३८:oo

राप्रपा अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको दाबी गरेका छन् । राप्रपाको युवा संगठनले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउन राष्ट्रवादी आन्दोलनको आवश्यकता जरुरी भएको बताए । 

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको जिकिर गरे । राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रका निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र संकटमा प¥यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको भन्दै थापाले कटाक्ष गरे । युवाहरूको सुनिश्चित भविष्यका निम्ति नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्नेमा थापाले जोड दिए । 

कार्यक्रममा अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निम्ति राजसंस्था र हिन्दूराष्ट्र अपरिहार्य भएको बताए । बेरोजगारी, भ्रष्टाचार र विकृतिको अन्त्यका लागि नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्ने थापाको भनाइ थियो । 

ad
ad