Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १५:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउछु : प्रमुख आयुक्त राई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १५:३७:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा राईले नागरिक समाज र जनताको अपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएका कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने बताए । 

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानुनसम्मत ढंगले काम गर्ने प्रतिबद्धता उनको छ । उनले भने ‘नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन् भने भ्रष्टाचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुप¥यो । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठाइरहनु भएको छ । त्यो आवाजलाई मेरो कार्यकालमा मैले विगतमा जुन प्रकारको भ्रष्टाचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्योभन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । नागरिकहरूले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाइराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानुनसम्मत तरिकाले भ्रष्टाचार नियन्त्रण गर्ने र जनताको अपेक्षाअनुसारको भ्रष्टाचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणका आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहटने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले भने ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन, तर यदि कोही निर्दोश छ भने उसलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन । विनापूर्वाग्रह कानुन, विधि र प्रक्रियामा रहेर मैले कुनै पनि भ्रष्टाचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउन प्रतिबद्धता पनि तपाईहरूको सामु व्यक्त गर्छु । मलाई तपाईंहरूले यस्तो सम्मान दिनुभएको छ त्यो सम्मानलाई जोगाएर राख्नेछु र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास मेरो रहनेछ ।’