मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघर्ष समितिका अभियन्तालाई मुद्दा चलाउन लागेकोमा नागरिक आन्दोलनको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १९:२४:००

बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्तालाई गिरफ्तार गरेकोमा बृहत् नागरिक आन्दोलनले विरोध गरेको छ । जननिर्वाचित प्रतिनिधसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतको फैसलाबाट सच्चिँदानसच्चिँदै अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको आन्दोलनको ठहर छ । 

विज्ञप्तिमा भनिएको छ, ‘केन्द्र  सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्का गर्न सर्वोच्च अदालतबाट जारी आदेश (स्टेअर्डर) लाई समेत ठाडै बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्ताहरूमाथि दमन गर्ने–गराउने जुन काम गरेका छन्, त्यसको हामी विरोध र भत्र्सना गर्छौँ ।’ 

प्रहरी प्रशासनले संघर्ष समितिका अभियन्ताहरूलाई जस्ताको बार भत्काएको निहुँमा ११ फागुनमा पक्राउ गरेर हिरासतमा राखेको छ । मीन शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ,  दीपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रुक्षित श्रेष्ठ, सुमन सायमी र विरोचन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई राज्यले मुद्दा चलाउन लागेको छ ।