मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ फाल्गुण १३ बिहीबार १५:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी बिरामी पर्न थाले

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ फाल्गुण १३ बिहीबार १५:१३:००

जग्गाको माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । खालीचौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका हुन् । 

बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोको कारणले पनि होला रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ उनले भने, ‘राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।  लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका बादीहरू मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा बस्दै आएका छन् ।