१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ फाल्गुण १३ बिहीबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिहेको भोजमा दलितमाथि विभेद कारबाही गर्न प्रहरीमा उजुरी

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार ०८:५५:००

सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगमा बिहे भोजमा बोलाएर खाना खाने बेला दलित भएको भन्दै छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ । भोजमा बोलाएर पछि छुवाछूत गर्ने सत्यनारायण यादव र घनानन्द खड्गाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको हो ।

यादव र खड्गाले स्थानीय १९ वर्षीय सुरजकुमार पासवान र १७ वर्षीय कृष्णकुमार पासवानलाई भोजमा निम्तो दिएर पछि सँगै खान नमिल्ने भन्दै उठाएर पठाएको पीडितले हालेको उजुरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिसपी नरेश सिंहले आफूहरूमाथि जातीय विभेद भएको भन्दै कृष्णा र सुरजकुमारले उजुरी हालेको जानकारी दिए । थप अनुसन्धानपछि मुद्दा दर्ता हुने उनले बताए ।

पीडित सुरजकुमारका अनुसार सत्यनारायण यादवको छोराको १० फागुनमा आयोजना गरिएको बिहे भोजमा विभेद भएको थियो । ‘बिहे भोजको निम्तो मान्न थुप्रै भेला भएका थिए,’ उनले भने, ‘म र कृष्णाकुमार पासवान लाइनमा थियौं, खाना पस्किसकेको थियो ।

जब सबैजना खाना खान लागे, तब यादव समुदायका केही व्यक्तिले दलित भएर सँगै एउटै लाइनमा बसेर खाना खाने भन्दै आपत्ति जनाए । दलितलाई बीचमा बसाएर भोज खान दिए यादव समुदायले भोज बहिष्कार गर्ने भनेपछि सत्यनारायण यादव र घनानन्द खड्गाले हामीलाई उठाएर अर्को ठाउँमा बसेर भोज खान भने । तर हामीले मानेनौं ।’ कृष्णा र सुरज दुवैले भोज छाडेर हिँडेको जानकारी दिए ।