मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण ११ मंगलबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयको गेट पल्टिएर च्यापिँदा विद्यार्थीको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण ११ मंगलबार १६:३२:००

पूर्वीनवलपरासीको कावासोती नगरपालिका– ५ कालिका माध्यमिक विद्यालयमा विद्यालयको मूलगेट पल्टिएर च्यापिँदा एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वीनवलपरासीको हुप्सेकोट गाउँपालिका– ६ घर भई हाल कावासोती– ५ मा बस्दै आएका मुक्तबहादुर सिँजालीकी छोरी कक्षा ३ मा अध्ययनरत आठ वर्षीया गमित्रा सिँजालीको मृत्यु भएको प्रधानाध्यापक लेखराज पोखरेलले बताए । 

बालिकाको घटनास्थलमै मृत्यु भएको हो । विद्यालयको वार्षिकोत्सवको तयारी भइरहेको अवस्थामा एक्कासि घटना भएको थियो । विद्यार्थीको मृत्यु भएपछि वार्षिकोत्सव कार्यक्रम रोकिएको छ । 

बिहान करिब १०ः४५ बजे गेट पल्टिएर च्यापिँदा सिँजालीको घटनास्थलमै मृत्युु भएको हो हो । सोही विद्यालयमा कक्षा चारमा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहाडमा रहेका बालिकाको बुबा नआएसम्म शव नउठाउने बताए पनि प्रहरीले जबर्जस्ती उठाएर लगेको बालिकाको आफन्त सुमन मल्ल ठकुरीले बताए । करिब सात वर्ष पुरानो गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटनालगत्तै बालिकालाई उपचारका लागि अस्पतालसम्म पनि नपु¥याएको भन्दै मृतक बालिकाको आफन्तले आक्रोश पोखेका छन् ।