मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ फाल्गुण ४ मंगलबार १५:०१:००
Read Time : < 1 मिनेट
विश्व

भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ फाल्गुण ४ मंगलबार १५:०१:००

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रशासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् । बस नहरमा खसेको थियो ।

स्थानीयका अनुसार दुर्घटनाबाट सातजनाको उद्धार गरिएको छ । बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने अझै यकिन भएको छैन । यसकारण मृतकको संख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धारका प्रयासहरू भइरहेको प्रशासनले जनाएको छ । दुर्घटना आज बिहान साढे सात बजेतिर भएको उल्लेख छ । 

प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दुर्घटनाबाट पीडा भएको बताएका छन् । उनले भने, ‘यो दुर्घटनाबाट निकै नै पीडा पुगेको छ । पीडित परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । हामी पनि दुर्घटनस्थलमा उद्धारमा लागिरहेका छौँ । कलेक्टर, कमिश्नर, एसपी र एसडिआरएफको टिम लागिरहेको छ ।’