१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । नागरिकको भिड बढ्दै जाँदा दैनिक कामकाजमा समस्या हुन थालेपछि स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सार्न लागिएको हो । 

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने विषयमा निर्णय लिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री कार्यालयनिकट स्रोतले भन्यो, ‘स्वास्थ्य मन्त्रालय मात्रै बाहिर छ । त्यसलाई पनि भित्र ल्याउने विषयमा प्रधानमन्त्री लाग्नुभएको छ । उहाँ आफैँले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग सिंहदरबारभित्र आउने विषयमा जानकारी लिनुभएको छ ।’ 

मितिको टुंगाे नलागे पनि केही महिनाभित्र सर्ने निश्चित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि बताए । मन्त्रालयका अधिकारीहरूले यसअघि पनि स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र लान आग्रह गर्दै आएका थिए । 

पुरानो प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण सकिएकाले प्रधानमन्त्री ओली पुरानै भवनमा सरेका छन् । सिंहदरबारभित्र हाल एउटा भवन खाली छ । मन्त्रालय सिंहदरबारभित्र गएपछि विभाग भने हाल मन्त्रालय भएको भवनमा आउनेछ ।

ad
ad