मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ४ मंगलबार
  • Saturday, 12 July, 2025
२o७७ फाल्गुण ४ मंगलबार o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ६७ क्युफिट अवैध काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ४ मंगलबार o९:५o:oo

लमजुङ प्रहरीले बेसीसहर नगरपालिका– ६ मालेबगरबाट ६७ क्युफिट अवैध काठ बरामद गरेको छ । प्रहरीले अवैध काठसहित ट्याक्टरचालकलाई पनि पक्राउ गरेको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बेसीसहर नगरपालिका– ७ वस्ने वर्ष ३४ का बुद्धिबहादुर तामाङले चलाएको ग.१त ३९७६ नम्बरको ट्याक्टरमा अवैध रूपमा रहेको ६६.३० क्युफिट उत्तिसको काठ ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी उक्त काठसहित ट्याक्टरचालकलाई नियन्त्रणमा लिइएको बताए ।

उक्त काठसहित, ट्याक्टर तथा ट्याक्टरचालक बुद्धिबहादुर तामाङलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय लमजुङमा पठाइएको डिएसपी थापाको भनाइ छ ।