१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटा किन गए सर्वोच्च अदालत ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार १५:५o:oo

सभामुख अग्निप्रसाद सापकोटाले शृंखलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् । सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले शृंखलाबद्ध रूपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनका लागि संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा आफू पुगेको बताएका हुन् ।

सभामुख सापकोटाले संसदीय सुनुवाइविनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए । असंवैधानिक रूपमा संसद विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधानविपरीत भएको बताए । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र अपारदर्शी भएको उनको जिकिर छ । 

सञ्चारकर्मीहरूको जिज्ञासामा सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह, परामर्श गरिरहेको बताए । आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उनले आफूले विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको बताए । देश र जनताको पक्षमा ठीक छ भन्ने आफ्नो चेतनाले निर्देशित ग¥यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाको भनाइ छ । 

सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधानमाथि खेलबाड गर्दै संविधानविपरीतका कार्यहरू थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नोतर्फबाट भगीरथ प्रयत्न जारी राख्ने पनि उनले बताए । सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विरुद्धमा शुक्रबार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गरेका थिए ।