१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस (भिडियो र पत्रसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३९:oo

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन् ।

सरकारले ३० पुसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । उक्त बैठकमा परिषद् सदस्य रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित भएका थिएनन् । 

बैठकमा सहभागी परिषद् सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बैठकपछि नियुक्तिबारे छलफल भएको, तर निर्णय नभएको बताएका थिए । यद्यपि गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै परिषद्ले संसद् सचिवालयमा पत्र पठाएको थियो । 

परिषदको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले संवैधानिक निकायको पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ  । 

संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि ऐन २०६६ मा व्यवस्था भएको भन्दा फरक किसिमले अध्यादेश जारी गरिएको, परिषद्का सदस्य रहेका सभामुखलाई जानकारी नै नदिई बैठक बसेको अवस्थामा सिफारिस गरिएको तथा विगतमा पनि ससंदीय सुनुवाइ समिति बहाल नरहेको अवस्थामा संसदीय सुनुवाइका लागि सिफारिस भई आएका निर्णय र पत्र सम्बन्धित निकायमा फिर्ता पठाएको नजिर रहेकाले सो नजिरलाई पनि सिफारिस फिर्ताको आधार बनाइएको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए । 

 

 

 

 

ad
ad