मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १४ बुधबार १२:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष कँडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १४ बुधबार १२:१६:००

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसिसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 
एमसिसीबारे राजनीतिक रूपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैँ गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए । परियोजनाको राजनीतिक पक्ष जे–जस्तो भए पनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रसारण लाइन आवश्यक पर्ने भएकाले सरकारले एमसिसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए ।  

बुधबार सञ्चारकर्मीहरूसँग  कुरा गर्दै उपाध्यक्ष कँडेलले एमसिसी परियोजना रूपान्तरणकारी आयोजनाको रूपमा १५औँ योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिएको बताए ।  तर, देशको पुँजीको अपर्याप्तताको कारणले एमसिसी आवश्यक पर्ने देखिएको पनि बताए । 

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैँले एमसिसी परियोजनालाई १५औँ योजनामा समावेश नगरेको पनि स्पष्ट पारे ।  ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रूपान्तरणकारी आयोजनामा समावेश गरेको प्रस्ट पारे ।