१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १३ मंगलबार
  • Monday, 01 July, 2024
२o७७ माघ १३ मंगलबार २१:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी, ५५ मध्ये ३० घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १३ मंगलबार २१:३८:oo

तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० घर जलेर नष्ट भएको बताएको छ । 

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन । उनले भने, ‘आगलागी भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएका छन् ।’ 

सदरमुकामबाट गाडीमा ४५ मिनेटमा गाउँपालिका केन्द्र पुगिने र त्यहाँबाट तीन घन्टा हिँडेर आगलागी भएको गाउँसम्म पुग्न सकिने प्रहरीले जनाएको छ । काफ्लेले भने, ‘हामीले जिल्लाबाट टोली पठाएका छौँ । तीनवटै सुरक्षा निकायका टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन् । स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको पनि उपलब्धता नभएकाले आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ ।’ 

आगलागीको कारण हालसम्म खुलेको छैन ।
 

ad
ad
ad
ad