मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १२ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७७ माघ १२ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुन्छ :  गृहमन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ माघ १२ सोमबार १७:१३:oo

नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुने बताएका छन् । नेकपा ओली समूहले कालिकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै थापाले संसद् पुनस्र्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए । 

संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था नभएकाले विघटन गरिएको उनको दाबी छ । ‘यो क्रान्तिकारी कदम हो । संसद् पुनर्स्थापना अहिले सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद् पुनर्स्थापना गरे राजतन्त्रको पुनर्स्थापना हुन्छ ।’

ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे ।

प्रधानमन्त्री केपी ओलीले देशमा चालेको समृद्धिको यात्रा रोक्न प्रतिगामी तत्वहरूले कदम चालेको उनले दाबी छ । नेकपाभित्रै शीर्ष नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको लोभमा परेर प्रधानमन्त्री ओलीलाई कथित आरोप लगाएर पार्टी एकताविरोधी काम गरेकाले उनीहरू प्रतिगामी तत्वको मतियार भएको थापाको जिकिर छ । 

‘नयाँ जनमत लिने अवसर दिएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री हुने चाहना भएको भए जनतामा आउनुहोस् ।’

सडकमा निर्मलाको बलात्कारी खै भन्दै नारा
गृहमन्त्री थापा कालिकोटमा पुगेका वेला सडकमा कालो बेलुन, कालो झन्डा र सेतो टिसर्टमा निर्मलाका बलात्कारी खै भन्दै अनेरास्ववियुले नारा लगाएको छ । 

गृहमन्त्रीले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको, निर्मलाका बलात्कारीलाई हालसम्म पत्ता लगाउन नसकेका कारणले सडकमा निर्मलाका बलात्कारी खै भनेर गृहमन्त्रीमाथि प्रश्न गरेको अनेरास्ववियुका जिल्ला संयोजक मनसिंह शाहीले बताए ।