Skip This
जबजको सिद्धान्त नमान्ने ओली एमाले होइनन् : माधव नेपाल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ९ शुक्रबार
  • Monday, 08 July, 2024
रमेश रावल वीरेन्द्रनगर
२o७७ माघ ९ शुक्रबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबजको सिद्धान्त नमान्ने ओली एमाले होइनन् : माधव नेपाल 

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ माघ ९ शुक्रबार १o:५४:oo

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई कहिल्यै एमाले नभएको आरोप लगाएका छन् । सुर्खेतमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले एमालेका निम्ति कहिले पनि त्याग र समर्पण नगरेको र उनी एमाले संस्थापन पक्ष पनि नभएको बताएका हुन् । 

प्रधानमन्त्री ओली कहिल्यै पनि नेकपा एमाले नभएको अध्यक्ष नेपालले बताए । ‘उहाँ कहिले एमाले हुनुभयो ? जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको वेला जबज सिन्द्धात आफैँ नमान्ने भनेर हस्ताक्षर गर्नुभएको उहाँले नै हाेइन ?’ उनले भने, ‘त्यसैले बहुमत सदस्य हामीसँग छ । सूर्य चिह्न र पार्टी नाम पनि हाम्रै पक्षमा आउनेछ । उहाँले सूर्य चिह्न पार्टी कहिल्यै पाउनुहुन्न ।’

सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट निम्त्याएको अध्यक्ष नेपालले बताए । प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष, प्रधानमन्त्री दुवै आफैँ भएका कारणले मैले जे गरेँ सही गरेँ, आफूले जे ठानेको छु त्यो नै सही हो भनेर पार्टी निर्णयविपरीत एकलौटी सरकार र पार्टी चलाउन खोजेको अध्यक्ष नेपालले बताए । ‘प्रधानमन्त्री ओलीले आफूले गरेको सबै काम सही हो भन्न थाले । त्यो कुरा जनता र पार्टीले पत्याएन,’ उनले भने, ‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो ।’

प्रधानमन्त्री ओलीले जनताका समस्याभन्दा पनि पहिले आफ्नो गुटको भलो चिताउने काम गरेको अध्यक्ष नेपालले बताए । ‘उहाँले सरकारले बजेट ल्याउँदा पनि पार्टीमा सल्लाह गर्नुभएन । त्यहीँ विरोध भयो । उहाँले विकासका कुरा गर्नुभयो काम गर्नुभएन । त्यो कुरा जनताले पत्याएनन्,’ उनले भने, ‘निरोले रोम जलिरहेको वेला बासुरी बजाए झैँ अरू केही गर्नुभएन । देश महामारीको संकटमा रहेको वेला पनि उहाँ देश र जनताको भन्दा आफ्नो गुटको भलो चिताउन भ्रष्टाचारमा व्यस्त रहनुभयो  ।’

ad
ad
ad
ad