१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार १९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पौडेललाई देउवाको प्रस्ताव– तपाईं लचिलो भइदिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार १९:५२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन आग्रह गरेका छन् । सोमबार अपराह्न पौडेलनिवास बोहराटार पुगेका देउवा करिब डेढ घन्टापछि बाहिरिएका थिए । 

समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयमा भएको छलफलमा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४औँ महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भइदिन आग्रह गरेका छन् । 

भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानबिन गर्ने समितिका संयोजक रमेश लेखकलाई समर्थन गर्न पनि देउवाले आग्रह गरेका छन् । ‘समसामयिक राजनीतिक विषयहरूमा छलफल भयो, पार्टीको आन्तरिक विवादलाई टुंग्याएर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषयमा समेत छलफल भयो, तर ठोस सहमति भएन,’ पौडेलको सचिवालयले भन्यो ।