मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ४ आइतबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना भएका अधिकारी पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ माघ ४ आइतबार १६:३८:००

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका तीनजना पक्राउ परेका छन् । फरक–फरक मुद्दाका तीन फरार अपराधीलाई सिआइबीले पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये रामबहादुर अधिकारीलाई अदालतले दुई करोड ३२ लाख २४ हजार एक सय रुपैयाँ जरिवाना र ५५ दिन कैद सजाय सुनाएको थियो । चितवन घर भई सामाखुसीमा अटोमोबाइल चलाउने अधिकारीले घरजग्गा तथा गाडी खरिद–बिक्रीका क्रममा खातामा पैसा नहुँदा नहुँदै चेक दिएर ठगी गरेका थिए । उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो । 

यस्तै, उच्च अदालत पाटनबाट ५९ लाख ७९ हजार जरिवाना र १७ दिन कैद सजाय सुनाइएका सुवास थापा र १० लाख जरिवाना र एक महिना कैद सजाय पाएका विष्णु अंगाई पनि पक्राउ परेका छन् । तीनैजनालाई जेल चलान गरिएको सिआइबीले जनाएको छ ।