जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख जुवाखालबाट पक्राउ

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण
जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख जुवाखालबाट पक्राउ

जुवा खेल्दै गर्दा पक्राउ परेका जिसस रुकुमपूर्वका प्रमुख गजेन्द्रबहादुर ओली (बीचमा) सहित अन्य

जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई रुकुमपश्चिमको मुसिकोट नगरपालिका– १, पातुखोलामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । 

जुवाको खालबाट २५ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । स्थानीय भरत घर्तीमगरको घरमा जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

सुझावित समाचार