मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ १ बिहीबार
  • Thursday, 13 August, 2026
२o७७ माघ १ बिहीबार १९:o५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका दुई प्रतिशतलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १ बिहीबार १९:o५:oo

बागमती प्रदेशको कुल जनसंख्यामध्ये दुई प्रतिशतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै जनसंख्या भएको बागमतीमा बिहीबारसम्म एक लाख ४६ हजार दुई सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार ६२ लाख ८३ हजार नौ सय ९४ कुल जनसंख्या रहेको बागमतीमा हालसम्म एक लाख ४६ हजार दुई सय ३२ अर्थात् दुई दशमलव ३२ लाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले पिसिआर परीक्षण गरिएकोमध्ये १३ दशमलव १५ प्रतिशतलाई कोरोना पुष्टि भएको जानकारी दिए ।
    
हालसम्म ११ लाख ११ हजार आठ सय ७२ जनाको स्वाब पिसिआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको अनुपात १३ दशमलव १५ प्रतिशत रहेको सेढाईंले बताए । पछिल्लो २४ घन्टामा बागमतीमा तीन हजार नौ सय ७० जनाको पिसिआर परीक्षण गर्दा दुई सय ४२ अर्थात् ६ दशमलव १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी ललितपुर, भक्तपुर र काठमाडौंमा सक्रिय संक्रमित रहेका छन् ।

बागमतीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये एक लाख ४२ हजार तीन सय ३४ अर्थात् ९७ दशमलव ३३ प्रतिशत निको भइसकेका छन् । दुई हजार नौ सय ३३ अर्थात् दुई दशमलव एक प्रतिशत उपचाररत र नौ सय ६५ अर्थात् शून्य दशमलव ६६ प्रतिशतको निधन भएको मन्त्रालयले जनाएको छ । बागमतीमा तयारी अवस्थामा रहेको चार सय १५ बेडको आइसियूमा ५३ जना र एक सय ६० बेडको भेन्टिलेटरमा १८ जना कोरोना संक्रमितले सेवा लिइरहेका छन् ।