१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ माघ १ बिहीबार १७:०४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रोपटक महाभियोग

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ माघ १ बिहीबार १७:०४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुईपटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका छन् । 

उनीविरुद्धको महाभियोगको प्रस्ताव अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको बताइएको छ । अघिल्लो साताको बुधबार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन दुई सय १७ मत आवश्यक थियो । यहाँको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका दुई सय २२ जना सदस्य रहेका छन् ।

तर, त्योभन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी छिन् । महाभियोगको प्रस्तावको विपक्षमा भने एक सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो । तैपनि त्यस समयमा भने उनको दल रिपब्लिकनका एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन् ।

अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुईतिहाइ आवश्यक हुन्छ । यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनुपर्नेछ । तर, यो सम्भावना भने निकै कम देखिन्छ ।