मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ पौष २९ बुधबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ पौष २९ बुधबार ११:५९:००

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको जलेर मृत्यु भएको हो। 

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाएको र आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। 

बटालाले घरमा आगो लगाउँदा उनका चार वर्षीय छोरा खगेन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घरायसी झगडामा गरेर घरमा आगो लगाएका भैरे बटाला विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख शाहले जानकारी दिए।