१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार २०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

द्वन्द्वले विस्थापित कंगोली जनताको वासस्थान निर्माणमा जुट्दै नेपाली सेना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार २०:१३:००

अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्वपीडितहरूका लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेका छन् । सुरक्षित आवाज निर्माण गरेर पीडितहरूको चुनौतीपूर्ण व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सेनाले जनाएको छ । 

कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले सात हेक्टर जमिनमा बाटो निर्माण, सम्याउनेलगायतका कार्य गरी वासस्थान निर्माणमा योगदान गरेको हो । दिजुगु क्षेत्रबाट विस्थापित भएका २० हजार स्थानीय जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचनासहितको वासस्थान निर्माण गरेको थियो । 

यसअघि २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजार विस्थापितहरूका लागि आवश्यक संरचनाहरू निर्माण गरेको थियो । 

नेपाली सेनाको इन्जिनियर गुल्म २३औँ डफ्फाको गुल्मपति प्रमुख सेनानी अर्जुन अधिकारी थिए भने हाल २४औँ डफ्फाका गुल्मपति प्रमुख सेनानी सुरेश थापा रहेका छन् ।