१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Friday, 05 July, 2024
२o७७ पौष २८ मंगलबार १८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबज माधव नेपालले होइन केपी ओलीले छोडेका हुन् : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १८:५१:oo

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) माधवकुमार नेपालले नभई प्रधानमन्त्री केपी ओलीले नै छोडेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी एकता गर्दा तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवाद र तत्कालीन एमालेको जनताको बहुदलीय जनवादलाई संश्लेषण गर्ने वेला माधव नेपालले कार्यक्रमको रूपमा भए पनि बहुदलीय जनवादलाई राख्नुपर्ने अडान राखेको उनले स्मरण गरे । तर, प्रधानमन्त्री ओलीले आफूसँग जबज हटाउन सहमत भएर हस्ताक्षर गरेको प्रचण्डको भनाइ छ । 

उनले प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले गरेको आन्दोलनलाई कुहिएको फर्सी भनेको भन्दै आपत्ति जनाए । माओवादी आन्दोलनले परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भनेर पार्टी एकता हुँदा आफूले हस्ताक्षर गरेको नबिर्सन उनले ओलीलाई चेतावनी दिए । यो कुरा सबैले ओली र उनका पक्षधरलाई सोध्नुपर्ने अध्यक्ष प्रचण्डले बताए । ‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? के माओवादी आन्दोलनले यो परिवर्तन ल्याउन भूमिका खेलेको हो भनेर उहाँ (ओली)ले गरेको हस्ताक्षर जालसाँजी हो ?’ उनले सोधेका छन् । 

आफूलाई गाली गर्दै नेकपा ओली समूहतर्फ लागेका नेताहरूलाई पनि प्रचण्डले ‘जनयुद्ध कुहिएको फर्सी हो भनेको सुन्न गएको हो ?’ भन्दै प्रश्न गरेका छन् । प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको भन्दै यसलाई जोगाउन सडकमा आएको बताए । उनले ओलीप्रति व्यंग्य गर्दै आफूहरू कुनै हाँस्य–व्यंग्य गर्न र प्रहसन गर्न जनता र कार्यकर्ताको माझमा नआएको टिप्पणी गरे । 

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नेमा ढुक्क रहेको उनले बताए । सर्वोच्चले संविधानमा उल्लेख भएकै कुराको व्याख्या गर्ने भन्दै उनले अन्यथा नहुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीको संविधानविरोधी कदमलाई सर्वोच्चले विश्वासका साथ जनताको अदालतमा पनि गएको उनले टिप्पणी गरे । सूर्य चिह्न र पार्टी पनि आफूहरूकै हुनेमा ढुक्क रहेको उनले सुनाए । यदि त्यसो नभए आँधीबेरी र हुरी चल्ने उनको भनाइ छ ।

‘सर्वोच्च अदालतले संविधानमा उल्लेख भएका कुराकै व्याख्या गर्ने हो । संशोधन गर्ने होइन । त्यसैले तपाईंहरू ढुक्क हुनुहोस्, संसद् पुनस्र्थापना हुन्छ । सूर्य चिह्न पनि हाम्रो नै हो । यसमा कुनै समस्या नै छैन । यद्यपि कम्रेड केपी ओली के कुराले संसद् पुनस्थापना हुँदैन भन्ने आँट गरिरहनुभएको छ ? उहाँलाई यो कुराको आँट कहाँबाट आएको छ भनेर भने हामी सचेत हुनुपर्छ । उनले भनेजस्तै हुने अवस्था आए आँधीबेरी र हुरी चल्छ, हामी सर्वोच्च अदालतका साथै जनताको पनि अदालतमा यसै आएका छैनौँ,’ उनले भने ।

कार्यक्रममा नेकपा प्रवक्तासमेत रहेका सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेललगायतले सम्बोधन गरेका थिए । 

ad
ad
ad
ad