मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Monday, 16 December, 2024
२o७७ पौष २८ मंगलबार १८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले पार्टीको नामबाट कम्युनिस्ट हटाउने प्रस्ताव गरेका थिए : माधव नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १८:४६:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विगतमा पार्टीको नामबाट कम्युनिस्ट हटाउन प्रस्ताव गरेको बताएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीमा कम्युनिस्ट चरित्र नभएको र आफू महासचिव हुँदा ओलीले पार्टीको नामबाट कम्युनिस्ट हटाउने प्रस्ताव गरेको उनको भनाइ छ । कुनै दिन प्रधानमन्त्री ओलीले कम्युनिस्ट त्यागेको घोषणा गरेको सुन्नुपर्ने अवस्था आउन सक्ने उनले टिप्पणी गरे । ‘उहाँ कम्युनिस्ट चरित्र भएको व्यक्ति होइन । उहाँले म महासचिव हुँदा पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो । मैले त्यसलाई अस्वीकार गरेको हो । कुनै दिन उहाँले कम्युनिस्ट त्यागेको घोषणा गर्न सक्नुहुन्छ । त्यो दिन आयो भनेपनि अचम्म मान्नुपर्दैन,’ उनले भने । 

प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीभन्दा पनि गुट निर्माणमा खप्पिस रहेको उनले आरोप लगाए । तत्काल फाइदाका लागि जे पनि बोल्ने र गर्ने प्रवृत्तिको मान्छे भएको उनको आरोप छ । केपी ओली पार्टीभन्दा पनि ‘केपी ओली फाउन्डेसन गुट’ चलाएका उनको भनाइ छ । 

अध्यक्ष नेपालले पार्टीको चुनाव चिह्न सूर्यमा कर्केनजरसमेत नलगाउन ओलीलाई चेतावनी दिए । उनले आफूहरूसँग ७० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य रहेको र आधिकारिक पार्टी आफूहरूको नै रहेको दाबी गरे । नेकपाको सूर्य चिह्न कायम गराउने व्यक्ति स्वयं आफू रहेको जिकिर गर्दै उनले सूर्यको उज्यालो जनतामा आफूहरूले नै निरन्तर छर्ने उनले बताए । 

प्रधानमन्त्री ओली र उनका पक्षधरले अस्ताउँदो सूर्य चिह्न लिँदा भने आफूहरूलाई आपत्ति नरहेको उनको भनाइ छ । ‘सूर्य चिह्न हाम्रो हो । नेकपा हाम्रो हो । यसमा कसैले कर्केनजर नलाए हुन्छ । सूर्यको उज्यालो हामीले नै जनतामा छर्ने हो । ओली कम्रेड र उहाँ केपी ओली फाउन्डेसन गुटले अस्ताउँदो सूर्य लिँदा हामीलाई केही भन्नु छैन । कुनै आपत्ति छैन,’ उनले भने ।