मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Monday, 16 December, 2024
गणेश लम्साल विराटनगर
२o७७ पौष २८ मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतास भएकाहरूले आफूविरुद्ध अविश्वास दर्ता गराए : मुख्यमन्त्री राई 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १४:२९:oo

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा असफल भएपछि हतास मानसिकताले हतारमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् । 

मंगलबार विराटनगरमा प्रदेशस्तरीय बालअधिकार भेलामा बोल्दै मुख्यमन्त्री राईले आफूले काम गर्न नसकेर हाेइन आरिस गर्नेहरूले, आफूलाई असफल बनाउनेहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘मुख्यमन्त्री अयोग्य र नालायक भयो, काम गर्न सकेन भनेर हाेइन, रामो गरेको देख्न नसक्नेहरूले आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न हतारमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।’   

राईले आरिस गर्दै ठूलो भाग खोज्नेहरूले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव कानुनसम्मत रूपमा असफल बनाउने दाबी गरे । उनले संघीयतालाई असफल बनाउनेहरूले  हतारहतार प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता उत्पन्न गरेको बताए ।

उनले आफू नाम राख्नका लागि मात्र मुख्यमन्त्री नभएकाले सधै शिर ठाडो पारेर अगाडि बढेर संघीयता र समृद्धि प्राप्त गरेरै छाड्ने बताए । 

प्रधानमन्त्री केपी ओली समर्थक मुख्यमन्त्री राईले देशमा कल्पना नगरेको परिस्थिति आइपरेकोले वर्तमान अवस्था अन्याेलपूर्ण भए पनि केही दिनभित्रै सबै अवस्था सहज हुने बताए ।

उनले ६४ प्रतिशत विश्वास लिएर काम गर्दा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपरेको र त्यो संवैधानिक भएको दाबी गरे ।