१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

टावरले काम नगर्दा डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१o:oo

हिमाली जिल्ला डोल्पामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ । एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन् । 

जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन् । 

मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए । ‘सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंँपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै,’ उनले भने । 

दुनैको फोन सेवाले काम नगरेकै कारण फोन गर्नकै लागि घन्टौँ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए । ‘पैसा भने काटिन्छ, कुराकानी हुँदैन,’ उनले गुनासो गरे । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन् ।

‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्नु परिरहेको छ,’ डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले भने ।  जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंकहरू प्रभावित भएका छन् ।

ad
ad