१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २४ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २४ शुक्रबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई व्यंग्य गर्दै नेविसंघले निकाल्यो उल्टो जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २४ शुक्रबार १८:१o:oo

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारलाई व्यंग्य गर्दै उल्टो जुलुस निकालेर विरोध गरेको छ । संविधान र लोकतन्त्रलाई संरक्षण गर्दै संस्थागत गर्नुपर्ने वेला त्यही संविधानमाथि प्रहार गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उल्टो यात्रा थालेको भन्दै त्यसको विरोधमा नेविसंघले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म उल्टो जुलुस निकालेको हो । 

माइतीघरदेखि उल्टो हिँडेर बानेश्वरसम्म पुगेको विरोध ¥यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेविसंघ सभापति राजीव ढुंगानाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध र भत्र्सना गरे । उनले सरकारको गलत कदमलाई तत्कालै सच्याउनसमेत माग गरे । 

सभामार्फत कांग्रेसले शनिबारदेखि देशैभरि थाल्ने दोस्रो चरणको विरोध कार्यक्रममा सहभागिताका लागि समेत सबैलाई आग्रह गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । 

कांग्रेसले शनिबार तीन सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन र सभा गर्दै छ ।