१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ १ मंगलबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तातोपानी नाका २० दिन बन्द हुने

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२३:oo

भोटेकोसी नदीको बहाबले नेपाल–चीन जोड्ने मितेरी पुलको जगमा पुर्‍याएको क्षति मर्मत गर्न जाङ्मु प्रशासनले तातोपानी नाका बन्द गर्न लागेको छ । बर्खाको बाढी र स्वशासित क्षेत्र तिब्बतको न्यालममा रहेको विभिन्न तालमा जमेको पानी खोल्दा बढेको भोटेकोसीको बहाबले मितेरी पुलमा क्षति पु¥याएको छ । त्यसको मर्मत गर्न करिब २० दिन नाका बन्द गरिने भएको हो । 

२० जनवरीदेखि करिब २० दिन नाका बन्द गर्न लागिएको खासास्थित तिब्बत डिपार्टमेन्ट अफ कमर्स फरेन ट्रेडले जनाएको छ । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ । तर, तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुनेबारे आधिकारिक खबर नपाएको बताए । 

‘खबर आउला,’ उनले भने । तर, यो दुई देशबीचको सीमाक्षेत्र भएकाले हामीसँग पनि छलफल गरेर मर्मत गर्नुपर्ने खत्रीको तर्क छ । वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थुप्रिएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । यद्यपि, पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ । भूकम्पपछि चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले वर्ष दिन लगाएर मितेरी पुल निर्माण गरेको हो । 

ad
ad