मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ३ शनिबार
  • Saturday, 16 January, 2021
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २४ शुक्रबार ०७:०९:००
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रगत प्लाज्मा कसरी प्रभावकारी हुन्छ ?

कोरोना संक्रमणको सुरुवातमै प्लाज्मा दिन सके मृत्युदर घटाउन सकिने अध्ययनको निष्कर्ष

नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २४ शुक्रबार ०७:०९:००

कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोगात्मक रूपमा हजारौँ व्यक्तिमा कन्भलेसेन्ट प्लाज्मा गरिएको छ । सामान्यतः कोभिड संक्रमण भएर गम्भीर बिरामी परेका व्यक्तिमा निको भइसकेको व्यक्तिबाट प्लाज्मा लिएर प्रयोगात्मक उपचार गरिएको थियो, जुन बिस्तारै कम हुँदै गएको पाइन्छ ।

सिभियर बिरामीमा प्लाज्माथेरापी त्यति प्रभावकारी नदेखिएका कारण यसको प्रयोगमा कमी आएको चिकित्सकहरू बताउँछन् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले प्लाज्माथेरापी कोभिड संक्रमणको सुरुवातमा बढी प्रभावकारी देखिएको उल्लेख गरेको छ ।

अर्जेन्टिनाले गरेको एक क्लिनिकल ट्रायलका अनुसार, प्लाज्माथेरापी संक्रमणको सुरुवातमा गरिएमा निको हुने र वृद्धवृद्धालाई सिभियर संक्रमण हुनबाट बचाउने तथ्य सार्वजनिक भएको छ । बुधबार न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा थप अध्ययन अनुसन्धान गरेर प्लाज्माथेरापीलाई सक्रिय उपचारमा संग्लग्न गर्न सकिने बताइएको छ । 

अमेरिकी एफडिएले प्लाज्मालाई उपचारमा राख्न अनुमति दिएसँगै विश्वभरि प्लाज्माथेरापी प्रयोगमा आएको छ । तर, ट्रायल परीक्षण गरेर पहिलोपटक मात्र यसको फाइदाबारे तथ्य सार्वजनिक गरिएको हो । इमोरी विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा.बोघुम कोबिसन टिटानजीले प्लाज्माथेरापीमाथि गरिएको अनुसन्धानले तथ्यगत रिपोर्ट प्राप्त भएको र जुन अहिलेको समयमा अत्यावश्यक रहेको जनाएका छन् ।

 कन्भेसेलेन्ट प्लाज्मा रगतमा हुने पहेँलो तरल पदार्थ हो, जुन सेतो र राता रक्तकोषपछिको रगतमा हुने महत्वपूर्ण तत्व मानिन्छ । प्लाज्मामा रोगसँग लड्ने मोलिक्युल अर्थात् एन्टिबडीहरू रहन्छन् । अमेरिकामा महामारी तीव्र रूपमा फैलिएपछि प्लाज्माथेरापीलाई कोभिडको उपचारमा प्रयोग गर्न थालिएको हो ।

एफडिएले प्लाज्माथेरापीलाई २८ अगस्टमा संक्रमितमा प्रयोगमा ल्याउन स्वीकृति दिएको थियो । तर, विनाअनुसन्धान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा आएर स्वीकृति दिएकोमा यसबारे आलोचनात्मक टिप्पणीसमेत भइरहेको थियो । त्यसवेला कन्भेसेलेन्ट थेरापी कोभिड नियन्त्रण हुन सक्ने अनुमानका आधारमा मात्र स्वीकृति दिइएको थियो । संक्रमण निको गर्न केही सहयोगी भए पनि सिभियर बिरामीमा प्लाज्माको खासै प्रभाव रिपोर्ट गरिएको थिएन । 

नयाँ अनुसन्धानअनुसार परीक्षणमा सहभागी भएका ४८ प्रतिशतमा कोभिड संक्रमण निको भएको बताइएको छ । परीक्षणमा संक्रमणबाट अतिप्रभावित समूह अर्थात् वृद्धवृद्धालाई समेत सहभागी गराइएको थियो । कोभिड संक्रमण पुष्टि भएको तीन दिनभित्रै प्लाज्माथेरापी गरिएको थियो र अधिकांश व्यक्तिमा कोभिड सिभियर भएको पाइएको थिएन ।

अनुसन्धानकर्ताहरूले संक्रमणको सुरुवात समयमै प्लाज्मा दिन सकेमा मृत्युदर घटाउन सकिने निष्कर्ष निकालेका छन् । प्लाज्माथेरापीबारे विज्ञहरूले फरकफरक मत दिएको पाइन्छ । सामान्यतः यसबारे गहिरो अध्ययन गरेर मात्रै व्यापक प्रयोगमा ल्याउन अनुसन्धानकर्ताहरूले सुझाब दिएको पाइन्छ ।
 एजेन्सीको सहयोगमा 

छुटाउनुभयो की ?