Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २१ मंगलबार २०:२४:००
Read Time : > 4 मिनेट
खेलकुद डिजिटल संस्करण

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २१ मंगलबार २०:२४:००

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए । 

मञ्चले गत वर्ष मंसिरमा भएको १३औँ सागमा नेपाललाई दिएको सफलताको आधारमा खेलाडीदेखि प्रशिक्षकको मनोनयन गरेको जनाएको छ । १७औँ संस्करणको अवार्डमा मंगलबार सार्वजनिक भएको विधामा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक छन् । यी सबै विधामा समान पाँचजनाको मनोनयन भएको मञ्चको सचिव तथा छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिएका छन् । 

सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । उत्कृष्ट महिलाको मनोनयनमा परेकी गौरिकासँगै मन्देकाजी पिपुल्स च्वाइस अवार्डमा पनि मनोनीत भएका छन् । संयोजक रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्य खेलाडी छनोट समितिले सार्वजनिक गरेको मनोनयनमा वर्षका उत्कृष्ट पुरुष खेलाडीमा मन्दे, सुवाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् ।

यसैगरी उत्कृष्ट महिला खेलाडीमा गौरिकासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथ तेक्वान्दोकी सिना लिम्बू मादेन, तेक्वान्दोकै भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा छन् ।

सागमा नेपाललाई उत्कृष्ट नतिजा दिलाउनमा प्रशिक्षकको महत्वपूर्ण भूमिका निर्वाह गरेका तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेको मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीले जानकारी दिएका छन् ।

गौरिका र मन्देसँगै पिपुल्स च्वाइस विधामा भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनीत भएका छन् । अवार्ड २८ पुसमा ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमिभर्चुअल हुनेछ । मञ्चले विभिन्न १० विधामा अवार्ड दिनेछ । पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकसँगै पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, एकजना अन्तर्राष्ट्रिय खेल पत्रकारको घोषणा कार्यक्रमकै दिन हुने बताइएको छ ।

खेलाडी छनोट समितिमा अञ्जन खड्का, निरञ्जन राजवंशी, प्रजित शाक्य, सुजन श्रेष्ठ, सुवास हुमागाईं, अनिल मल्लठकुरी, कुशल तिमल्सिना, गोविन्दराज नेपाल, निशान राई र मोती अमगाईं सदस्य छन् । छनोट समितिले ०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मनोनयन गरिएको जनाएको छ ।

यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को नाम राखिएको जनाएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट पाउनेछन् ।

वर्षका पुरुष खेलाडी
विकेश कुथु (फुटबल)    

– १३औँ सागमा फुटबलको टिम स्वर्ण
– आठौँ राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण 
– ए डिभिजन लिगमा दोस्रो 
– विशाल गोल्डकप च्याम्पियन 

गोपीचन्द्र पार्की (एथलेटिक्स) 
– १३औँ सागमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक 
– आठौँ राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा स्वर्ण, १० किलोमिटर दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोडरेसमा प्रथम 
– चितवन नेसनल १५ किलोमिटर ओपन रोडरेसमा प्रथम 

कमल श्रेष्ठ (तेक्वान्दो)
पुम्से एकल (२४–२९ वर्ष)
– १३औँ सागमा स्वर्ण    
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौँ कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण

मन्देकाजी श्रेष्ठ (कराते)
– १३औँ सागमा दुई स्वर्ण पदक (टिम काता र एकल) 
– आठौँ राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)

सुवास तामाङ (गल्फ) 
– १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– पहिलोपटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौँ राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षकी महिला खेलाडी

अनु अधिकारी (कराते) 
– १३औँ सागमा स्वर्ण पदक
– आठौँ राष्ट्रिय खेलकुदमा रजत पदक 
– बंगलादेश, पाँचौँ साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औँ सिनियर कराते च्याम्पियनसिपमा १६औँ स्थान

आयशा शाक्य (तेक्वान्दो) 
– १३औँ सागमा दुई स्वर्ण
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा कांस्य

गौरिका सिंह (पौडी) 
– १३औँ सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक
– सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबर 
– आठौँ राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल । 

सन्तोषी श्रेष्ठ (एथलेटिक्स) 
– १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य (पाँच हजार, १५ सय र १० हजार मिटरमा) 
– वीर गणेशमान सिंह १० किलोमिटर रोडरेसमा स्वर्ण 
– नेवाः च्यारिटी धरान १० किलोमिटर रनमा स्वर्ण 
– कान्तिपुर हाफ म्याराथन (२१ किलोमिटर) मा रजत 

सोनी गुरुङ (ट्रायथलन) 
– १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत 
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण 
– दोस्रो ग्रेड बुद्धिस्ट ट्रेल– २०१९ मा स्वर्ण 
– हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण 

वर्षका युवा खेलाडी

भूपेन श्रेष्ठ (तेक्वान्दो)
– १३औँ सागमा स्वर्ण पदक
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण 
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण 
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य

पुनम श्रेष्ठ (जुडो)
– १३औँ सागमा स्वर्ण 
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण 
– राजविराजमा सम्पन्न छैटौँ नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण 

सञ्जु चौधरी (भारोत्तोलन) 
– १३औँ सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान) 
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा

सिना लिम्बू मादेन (तेक्वान्दो) 
– १३औँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक कांस्य    
– आठौँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक रजत, एक कांस्य
– नवौँ कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा एक स्वर्ण, एक रजत, एक कांस्य 

सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– आठौँ राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षका उत्कृष्ट प्रशिक्षक

अमरकुमार थिङ (उसु)
– १३औँ सागमा पाँच स्वर्ण, ६ रजत पाँच कांस्य पदक जिताउन सफल 

मदन उप्रेती (कराते)
– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औँ सागमा नेपाललाई १० स्वर्ण, चार रजत र पाँच कांस्य पदक जिताउन सफल ।
 
नवीन श्रेष्ठ (तेक्वान्दो) 
– १३औँ सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल 
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक 
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।

प्रकाश थापामगर (बक्सिङ)
– १३औँ सागमा तीन स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल 

शंकर कार्की (पौडी)
– १३औँ सागमा चार स्वर्ण, चार रजत चार कांस्य पदक जिताउन सफल 
– आठौँ राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका