मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Monday, 14 July, 2025
२o७७ पौष २१ मंगलबार o७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ९५ क्युफिट अवैध काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार o७:१o:oo

लमजुङ प्रहरीले सुन्दरबजार नगरपालिका– ९ र बेसीसहर– ८ बाट अवैध काठसहित ट्याक्टर र चालकलाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै दुई ठाउँबाट ९४.३६ क्युफिट अवैध काठसहित दुईजनालाई पक्राउ गरेको हो ।

 सुन्दरबजार नगरपालिका– ९ पैरेस्थित मुरारी भुजेलले सञ्चालन गरेको फर्निचरमा अवैध रूपमा राखेको ४२.९५ क्युफिट सालको काठ इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय सुन्दरबजारमा पठाएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । 

उक्त बरामद गरिएको काठको सबडिभिजन वन कार्यालय सुन्दरबजारबाट थप अनुसन्धान भइरहेको छ । यस्तै बेसीसहर नगरपालिका– ८ बाट गोरखा आरुघाट गाउँपालिका– २ बस्ने ३१ वर्षीय विक्रम गुरुङले चलाएको ग.१त ५५७४ नम्बरको ट्याक्टरमा अवैध रूपमा रहेको ५१.४१  क्युफिट सिसौको काठ ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी उक्त काठसहित ट्याक्टरचालकलाई नियन्त्रणमा लिइएको छ । 

 चालकसँग सोधपुछ गर्दा सोही घटनामा संलग्न रहेका क्व्होलासोथार गाउँपालिका– २ बस्ने २६ वर्षीय सुरेश सुनारलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय लमजुङमा पठाइएको डिएसपी थापाले बताए ।