Skip This
प्रदेश २ मा संघर्ष समिति गठन, स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७७ पौष १७ शुक्रबार २o:o७:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ मा संघर्ष समिति गठन, स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ पौष १७ शुक्रबार २o:o७:oo

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्न संघर्ष समिति घोषणा गरिएको जानकारी दिइयो । 

प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए ।

साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।  पत्रकार सम्मेलनमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमलाई सच्चाउन आफूहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए ।

मुलुकमा गणतन्त्र र संघीयता ल्याउन मधेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘लामो सघर्षपश्चात् प्राप्त उपलब्धि संघीयता, समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षिताको रक्षा गर्न मधेसवादी पार्टीसहित आमजनता एकजुट भई आन्दोलन गर्नुको विकल्प छैन ।’ आन्दोलनलाई थप उचाइमा पुऱ्याउन कांग्रेस, जनता समाजवादी पार्टीसँग सहकार्यको तयारी भइरहेको पनि उनले जानकारी दिए । 

संसदीय दलका नेता मण्डललाई हटाउने तयारी 
नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट मण्डललाई हटाउने तयारी गरेको हो । 

जनकपुरस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहका प्रदेश सांसद शत्रुधन महतोले नेता मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए । 

नेकपाका संसदीय दलको विधानअनुसार संसदीय दलका नेतामाथि अविश्वासको प्रस्ताव ल्याउँदा उपनेतालाई हस्ताक्षरसहितको पत्र दर्ता गराउनुपर्ने प्रावधान छ । सोही प्रवधानअनुसार १७ जना सांसदको हस्ताक्षर गरेको पत्रसहित आफूहरूले १५ पुसमै दलका उपनेता रामकुमार यादव कहाँ दर्ता गराईको सांसद महतोले बताए ।
नेकपाको ३२ सांसदमध्ये आफूहरूको पक्षमा २० जना रहेको दाबी प्रचण्ड–नेपाल समूहको छ ।