१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य तथा कर्मचारीको स्वाब संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:१o:oo

शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक बस्ने भऐकाले त्यसका लागि आज बिहानदेखि राष्ट्रियसभा सदस्य, कर्मचारीहरुको पिसिआर परीक्षणका  लागि स्वाब संकलन गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस १७ गते शुक्रबार दिउँसो ४ बजे राष्ट्रपतिले आह्वान गरको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकको कार्यसूचीका लागि आवश्यक परामर्श गरेको छ। 

भोलिको बैठकका लागि अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र,  अध्यादेशहरु, राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७, थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन बैठकको कार्यसूचीका रुपमा रहेका छन् । 

अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त गर्ने छन् । 

ad
ad